आश्विन ९ गते, २०८३ - २३ः०१
Follow us:

धादिङ जिल्ला‘रेड जोन’मा

१४ भदौ धादिङ

धादिङ कोरोना संक्रमित जिल्ला मध्ये ‘रेड जोन’ मा परेको छ । सरकारले २ सय भन्दामाथि संक्रमित देखिएका जिल्लालाई ‘रेड जोन’ को सूचिमा राख्ने गरेकोमा धादिङ पनि रेड जोनमा परेको छ। कोरोना भाइरस संक्रमित सक्रिय संख्याको आधारमा ७७ वटा जिल्लालाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ। कोरोना संक्रमणको जोखिम स्तरलाई संकेत गर्ने गरी जिल्लाहरूलाई चार रङ (रातो, सुन्तला, पहेँलो र हरियो) मा विभाजन गर्ने गरिएको छ ।

२०१ जनाभन्दा बढी संक्रमित भएको जिल्लालाई रातो रङबाट संकेत गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल रातो रङ अर्थात उच्च जोखिम ‘रेड जोन’ मा धादिङ पनि परेको छ । रेड जोनमा पर्नुभनेको निकै खराब अवस्था रहेको चिकित्सकहरुले बताएका छन् ।शनिबार धादिङमा मात्र ९ जना कोरोना सँक्रमित भेटिएका छन् । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ११ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्: