धादिङमा निषेधाज्ञाको सयम पुन एक हप्ताको लाथि थप गरिएको छ । दोस्रो पटक भदौ १६ गते सम्मको लागि निषेधाज्ञा थप गरीएको हो । प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षयतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १६ गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमित बढेसँगै निषेधाज्ञाको अवधि भदौ १६ गतेसम्मका लागि लम्ब्याइएको हो । पुनःथपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न भनिएको छ । कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन धादिङले जारी भएको निषेधाज्ञालाई थप कडाई गरेको छ ।
थप कडाई गरिएसँगै औषधी उपचार खाद्यवस्तु खरीद, आफ्नै खेतबारीमा कृषीजन्य कार्य गर्नेजस्ता आवश्यक काम बाहेक कुनैपनी व्यक्तीहरु घरबाट बाहिर निस्कन नपाउने भएको छ । यस्तै एम्बुलेन्स बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी पेट्रोलियम पदार्थ बोक्ने गाडी, शवबहान, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी र सञ्चारकर्मी बाहेक सार्वजानिक निजी तथा मालबाहक सवारी साधन चलाउन नपाईने निणर्य भएको छ ।