आश्विन ९ गते, २०८३ - २३ः०१
Follow us:

ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ को विकासको लागि कांग्रेसले बुझायो योजना माग पत्र

धादिङ ८ भदौ

ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ को समग्र वडाको विकासको लागि भन्दै नेपाली काँग्रेले वडा अध्यक्षलाई माग पत्र बुझाएको छ । आर्थिक बर्ष २०७७/२०७८ को बजेटबाट सडक,खानेपानी,शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा बजेट छुट्टाउन माग गर्दै वडा अध्यक्ष तेजनाथ लोहनीलाई माग पत्र बुझाईएको नेपाली काँग्रेसका वडा सभापति ज्ञानेन्द्र खकुरालले जानकारी दिनुभयो ।

जनताको भावना अनुसार काम गर्न र समानुपातिक विकास गर्नको लागि आफुहरुले वडालाई माग पत्र बुझाईएको नेपाली काँग्रेसका वडा सभापति खकुरालले जानकारी दिनुभयो ।मागपत्रमा विकास निर्माणको योजना सहित बुँदागत रुपमा लिपिबद्ध गरी वडालाई बुझाईएको छ । सभापति खकुरालले हाम्रो सबैभन्दा महत्वपूर्ण भूमिका भनेको गाउँपालिका हुँदै वडा कार्यालयमार्फत सञ्चालन हुने विकास निर्माणका योजनाहरुको छनौट र कार्यान्वयनमा नजिकबाट नियाल्दै त्यसको पारदर्सिता खोज्ने र सम्पूर्ण क्षेत्रमा सम्मान विकासको माग गर्नु नै हाम्रो कर्तब्य भएको जानकारी दिनु भयो।

कार्यक्रममा वडाअध्यक्ष तेजनाथ लोहनी, वडासदस्य मायानाथ सिलवाल,वडा अध्यक्षका प्रत्याशी उम्मेद्वार नानि राम खकुराल, नेपाली कांग्रेस वडा सभापति ज्ञानेन्द्रप्रसाद खकुराल, उप सभापति गोविन्द सिलवाल, वडा सदस्य जुठे नेपाली, नानी राम ईटनी, नेपाल विद्यार्थी सङ्घ धादिङका नेता विवेक धरेल,तरुण दलका सदस्यहरु कृष्णप्रसाद छत्कुली र सुमन ईटनी को उपस्थिति थियो।

प्रतिकृया लेख्नुहोस्: