त्रिपुरासुन्दरी गाउँपालिकाले जनप्रतिनिधि लगायत सबै कर्मचारीको कोरोना बिमा गरिदिने
भाद्र ८ गते, २०७७ - १४ः३५ मा प्रकाशित
धादिङ ८ भदौ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सबै जनप्रतिनिधि,कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षकहरुको कोरोना बिमा गरिदिने भएको छ ।आईतबार गाउँपालिकाले एक सुचना प्रकशित गर्दै सबै कर्मचारीको विमा गरिदिने जानकारी गराएको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गईरहेको समयमा पालिकाले एक लाख बराबरको कोरोना बिमा गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ईटनीले जानकारी दिनुभयो ।
विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बिमा गर्न लागिएको ईटनीले बताउनुभयोे।गाउँपालिका भित्रका जनप्रतिनिधि,कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक गरी जम्मा ६ सय जनाको कोरोना बिमा गर्न लागिएको हो । बिमा गर्दा लाग्ने सबै खर्च गाउँपालिकाले बेहोर्ने छ ।बिमा गर्ने व्यक्तिले यथाशीध्र नाम,जन्ममिति,नागरिकता प्रमाण पत्र नम्बर र पद सहितको विवरण कार्यालयमा उपलब्ध गराउन गाउँपालिकाले आग्रह गरेको छ ।