आश्विन ११ गते, २०८३ - ०१ः१८
Follow us:

एसपीको सम्पर्कमा आएका १२ जना सुरक्षाकर्मीको कोरोनाको रिपार्ट नेगेटिभ

धादिङ १ भदौ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपीका सम्पर्कमा आएका १२ जना सुरक्षाकर्मीको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।धादिङमा प्रहरी प्रमुखको कन्ट्याक टेसिङमा स्वाब संकलन गरि पठाइएको १२ जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुखलाई नै कोरोना संक्रमण भएपछि उहाँको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी काठमाण्डौँ पठाईएको थियो ।कन्ट्याक टेसिङमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो । आईतबार ५४ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: