आश्विन २० गते, २०८१ - १२ः५९
Follow us:

बस्ती स्थानान्तरण नहुँदा रुवीभ्यालीका ५ बस्तीका नागरिकहरु जोखिम मोलेर बस्न बाध्य

धादिङ १ भदौ।
बस्ती स्थानान्तरण नहुदा उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका पाँच वस्तीका नागरिकहरु जोखिम मोलर बस्न बाध्य भएका छन् ।पहिरोको उच्च जोेखिममा रहेको वडा नम्बर४हिन्दुङ,चालिस, नम्बर ५ को कपुर गाउँको लामाटोल,झाक्रिटोल,वडा नम्बर ५ कै नेवेर गाउँ,वठा नम्बर ६ को तिर गाउँका नागरिकहरु जोखिम मोलेर बस्न बाध्य भएका छन् ।

सरकारले चासो नदिदा त्यस क्षेत्रका पाँच सय घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । २०७२ सालको भुकम्प पश्चात भुगर्वविदहरुले पनि जोखिमयुक्त स्थान भएको भन्दै त्यस क्षेत्रका बस्ती स्थानान्तरण गर्नको लागि सुझाव दिएका थिए।तर अहिले सम्म सम्बन्धीत पक्षले कुनै चासो दिन नसक्दा त्यस क्षेत्रका २ हजार भन्दा नागरिकहरु जोखिम मोलेर बस्न बाध्य भएका समाजसेवी दिनेश तामाङले बताउनुभयो ।

वस्ती सार्नको लागि पटक पटक सम्बन्धीत निकायमा निवेदन दिदा पनि अहिले सम्म चासो नदिएको उनीहरुले गुनासो गरेका छन् ।उत्तरी धादिङको अधिकांस बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको र जुनसुकै बेलामा पनि ठुलो क्षती हुन सक्ने घन बहादुर तामाङ बताउनुभयो । अहिले पहिरो गयो भने त्यस क्षेत्रका नागरिकहरु कोहि पनि नबाँच्ने भन्दै तामाङले छिटो भन्दा छिटा बस्थी सार्नुपर्ने बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्: