चैत्र १२ गते, २०८१ - १६ः१४
Follow us:

एनआरएनए सह कोषाध्यक्ष तथा समाजसेवी लोक दाहालको नेतृत्वमा पर्वत जिल्लालाई स्वास्थ्य सामाग्री सहयोग

धादिङ ३१ साउन ।
धादिङको बुढाथुममा जन्मिएर बेल्जियममा व्यावसाय गर्दै आउनु भएका समाजसेवी लोक प्रसाद दाहालको नेत्तृत्वमा पर्वत जिल्लामा रहेको अस्पतालाई स्वास्थ्य समाग्री सहयोग गर्नुभएको छ ।गैर आवासीय नेपाली संघका केन्द्रिय सह– कोषाध्यक्ष समेत रहनुभएका दाहालको नेतृत्वमा बल्जियमको मेडीकल टिमले पर्वत अस्पताल र सेभ द हार्ट लाई सुविधा सम्पन्न ४८ बेड सहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

बेड सहितको स्वास्थ्य सामाग्री शुक्रबार पहिलो कन्टेनर नेपाल पठाईएको छ ।कोरोना भाईरस९कोभिड १९० को संक्रमण नेपालमा फैलिरहेको सयममा संक्रमितको उपचार र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरीएको बेल्जियमबाट लोक प्रसाद दाहालले धादिङ सन्चारलाई बताउनुभयो ।पहिलो चरणको स्वास्थ्य सामाग्री सहयोग गरीएको भन्दै दाहालले केहि समय पछि मेडीकल र टेक्नीकल टिम पर्वत अस्पतालमा आउने तयारी भईरहेको समेत बताउनु भएको छ ।

स्वास्थ्य सामाग्री नेपाल सम्म ल्याउनको लागि यातायात खर्च कुस्मा नगरपालिकाले बेहोर्ने भएको छ ।भलामीस मेडीकल टिम का लिडर डा। लुक सहीत टोलीले स्वास्थ्य सामाग्री पठाउनको लागि सहयोग गरेको भन्दै समाजसेवी दाहालले यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । बेल्जियमका सफल व्यावसायी तथा समाजसेवी लोक प्रसाद दाहालले धादिङ लगायत देशका विभिन्न स्थानमा शिक्षा,स्वास्थ्य,पुर्ननिर्माण लगायतको क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । लोक प्रसाद दाहालकै नेतृत्वमा धादिङको बुढाथुममा सुविधा सम्पन्न विद्यालय भवन समेत निर्माण भएको छ ।

प्रतिकृया लेख्नुहोस्: