धादिङ अस्पतालका १० जना स्वास्थ्यकर्मीनै क्वारेन्टिनमा
श्रावण ३० गते, २०७७ - १३ः१५ मा प्रकाशित
धादिङ ३० साउन । धादिङ अस्पतालका १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखीएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्न परेको अस्पताले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकका धुँवाकोटको पुरुषको उपचारमा खटिएकाहरुलाई नै संक्रमण हुन सक्ने भन्दै क्वारेन्टिनमा राखीएको हो ।
उपचारमा संक्रमतिको काठमाण्डौको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो । उनको धादिङ अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । एकैचोटी १० जना स्वास्थ्यकर्मी क्वारेन्टिमा बस्दा अस्पतालबाट प्रवाहबाट सेवा प्रभावित हुने भएको छ ।
बिहिबार अस्पतालका प्रमुख डा. त्रिभुवन चन्द्र झाको हस्ताक्षरित विज्ञप्ती जारी गर्दै एकैपटक १० जना स्वास्थ्यकर्मीहरुलाई नै क्वारेन्टाइनमा राख्नु परेका कारण जनशक्तिको अभाव भएको जनाएको छ । अहिले जनशक्तिको अभावका कारण धादिङ अस्पतालबाट प्रवाह गरिने केही स्वास्थ्य सेवाहरुमा प्रभावित भएको सुचना अधिकारी विक्रम विकले जानाकारी दिनुभयो ।