चैत्र १६ गते, २०८० - ०१ः४९
Follow us:

ग्रामिण पर्यटन प्रबद्र्धन गर्न थाक्रेको पोखरीचौरमा होम स्टे तालिम सम्पन्न

धादिङ २५ साउन

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ पोखरीचौरमा ४ दिने होमस्टे सम्बन्धी तालिम सम्पन्न भएको छ ।संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत तारा गाउँ विकास समितिको आयोजनामा २१ गतेबाट सुरु भएको तालिम शनिवार सकिएको हो ।ग्रामिण पर्यटन प्रबद्र्धन गरी समुदायका नागरिकहरुको आर्थिक स्तर सुधारको लागि तालिमको आयोजना गरीएको सिड्स नेपालका कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

थाक्रे गाउँपालिका कार्यपालिका सदस्य रजनी लामाको अध्यक्षतामा सम्पन्न भएको तालिममा पर्यटन विज्ञ आलोक प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।समापन समारोहमा सिड्स नेपालका कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता गोकर्ण रुपाखेती,जिल्ला समन्वय समितिका सदस्य उर्मीला रेग्मी,ग्रामिण पर्यटन प्रबद्र्धन अभियन्ता रामेश्व कार्की,गैसस महासंघका कार्यसमिति सदस्य गंगा सुवेदीको आतिथ्य रहेको थियो ।

४ दिन सम्म सन्चालन भएको तालिममा तारा गाउँ विकास समितिका वरिष्ठ अधिकृत घनश्याम ढकाल र तालिम संयोजक शम्भु कार्कीले सहजीकरण गर्नुभएको थियो । भेलाले आईत कुमार तामाङको अध्यक्षतामा सामुदायिक होमस्टे प्रवद्र्धन गर्नको लागि ७ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सुरज तामाङ,कोषाध्यक्षमा शर्मिला तामाङ,सदस्य सचिवमा सुवास तामाङ रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा सानुमायाँ तामाङ,फुलमायाँ तामाङ र हरिचन्द्र तामाङ रहनुभएको छ ।भेलाले ३ सदस्यीय सल्लाहाकार समिति समेच चयन गरेको छ । सल्लाहाकार समितिमा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती,ग्रामिण पर्यटन प्रबद्र्धन अभियन्त रामेश्वर कार्की र रजनी लामा रहनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: