धादिङ २४ साउन । शनिवार बेलुकीदेखि देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी पार्ने मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरिरहेकाले शनिबार बेलुकीदेखि तीन दिनसम्म देशभर वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातीदेखि यो रेखा नेपालको तराई नजिक आइपुग्ने सम्भावना देखिएको छ।
यो रेखा नेपाल प्रवेश गरेपछि देशका अधिकांश स्थानमा पानी पर्छ।अहिले बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ। भारी वर्षाको सम्भावना रहेकाले आज प्रदेश १, २, बागमती, गण्डकी, र सुदूरपश्चिमका केही स्थानका नदीहरुमा पानीको बहाव बढ्नसक्ने महाशाखाले जानकारी दिएको छ।