धादिङ, १९ साउन । धादिङको नीलकण्ठ नगरपालिका वडा १२ स्थित साङकोषमा रहेको पशुपति मन्दिरमा चोरी भएको छ ।
पशुपति मन्दिरको भित्री भागमा रहेको जलारी १ थान र तामाको २ थान अम्खरा चोरी भएको पशुपति मन्दिर संरक्षण समितिका संयोजक बद्रीप्रसाद लम्सालले बताए ।
आइतबार बिहान स्थानीय मन्दिरमा पुजा गर्न जाँदा मन्दिरको केही भागका सामान नदेखेपछि जिल्ला प्रहरी कार्यालय धादिङलाई खबर गरेका थिए । मन्दिरमा चोरी भएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
उक्त मन्दिर राजा महेन्द्रको निर्देशनमा २०२३ सालमा निमार्ण गरिएको बताइन्छ । मंसिरको बाला चतुर्दशीका दिन मेला लाग्ने यस मन्दिरमा सदरमुकामका स्थानीयले दैनिक रुपमा पूजाआजा गर्ने गर्दछन् ।