सिद्धलेक गाउँपालिकालाई ५० थान सर्जिकल बेड हस्तान्तरण
आषाढ़ १० गते, २०७७ - १३ः३६ मा प्रकाशित
धादिङ,१०असार । कोरोना भाईरस रोकथाम तथा न्युनीकरण गर्नको लागि फोकस नेपाल धादिङले सिद्धलेक गाउँपालिकालाई ८० थान सर्जिकल वेड हस्तान्तरण गरेको छ । फोकस नेपाल धादिङले क्रिष्चीयन एड नेपालसँगको साझेदारीमा सञ्चालित सम्पन्न रेजिलेन्ट नेपाल परियोजना अन्तरगत कोरोना भाइरसको सम्भावित संक्रमण जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन कक्ष निर्माणका लागि गाउँपालिकालाई सर्जिकल बेड सहयोग गरीएका हो ।
आईसोलेशन व्यवस्थापनका लागि ४० वटा बेड सहयोग गरेसँगै ८० वटा सर्जिकल बेड हस्तान्तरण गरीएको हो ।यसअघिनै फोकस नेपालले ४० वटा वेड हस्तान्तरण गरीसकेको छ ।मंगलबार गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फोकस नेपाल धादिङका अध्यक्ष हेमराज छत्कुली र जिल्ला समन्वय समितिका उप प्रमुख विन्दा बराम नेपालीले गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल र उपाध्यक्ष कमल शर्मा अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको बेड हस्तान्तरण कार्यक्रममा जिल्ला समन्व समितिका उप प्रमुख बिन्दा बराम नेपालीको प्रमुख आतिथ्य रहेको थियो।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारी,प्रुमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल,फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली,स्वास्थ्य संयोजक राम प्रसाद सिलवाल,वडा अध्यक्षहरु चन्द्र सिलवाल,रामहरी बराकोटी,लक्ष्मण खतिवडा लगायतको आतिथ्य रहेको थियो ।