आश्विन २० गते, २०८१ - १४ः०७
Follow us:

आईसोलेसन वार्ड बनाउन फोकस नेपालद्वारा सिद्धलेक गाउँपालिकालाई वेड हस्तान्तरण

धादिङ ५ असार ।
धादिङको सिद्धलेक गाउँपालिकालाई फोकस नेपालले २० थान वेड वेड हस्तान्तरण गरेको छ । कोरोना भाईरस कोभिड उन्नाईसको रोमथा तथा उपचारमा सहयोग पुर्याउने उदेश्यले वेड हस्तान्तरण गरीएको फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले बताउनुभयो ।फोकस नेपाल धादिङले क्रिष्चीयन एड नेपालसँगको साझेदारिमा सिद्धलेक गाउँपालिकालाई राहत लगायत स्वास्थ्य सामाग्री सहयोग गर्दै आईरहेको छ ।

कारोना संक्रमितहरुलाई राखेर उपचार गर्न सहयोग पुर्याउन लक्ष सहित ८० वटा वेड सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक जीवन सिलवालले बताउनुभयो । बिहिबार २० वटा वेड हस्तान्तरण गरीएको र बाँकि ६० वटा बेड पनि तत्काललै हस्तान्तरण गरिने सिलवालले बताउनुभयो । वेड हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल, वडा अध्यक्ष लगायत फोकस नेपाल तोला कुमारी पाठकको उपस्थिती रहेको थियो ।

यसअघि फोकस नेपाल धादिङले क्रिष्चीयन एड सँगको साझेदारि तथा गाउँपालिकाको समन्वयमा गाउँपालिकाका ७ सय १३ घर परिवारलाई राहत वितरण गरिसकेको छ । त्यस्तै गाउँपालिकालाई ३० थान पिपिई, ६५ थान एन ९५ मास्क,१३ थान थर्मलगन लगाएतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्: