बैशाख ८ गते, २०८१ - ०१ः३०
Follow us:

आज बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं ४ असार ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी  वायुको प्रभाव रहेको जनाएको छ ।बिहीबार महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती, र गण्डकी प्रदेशहरूमा सामान्य बदली भइरहेको र प्रदेश १ का केहि स्थानहरूमा बर्षा भईरहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  केही स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

प्रतिकृया लेख्नुहोस्: