थाक्रे गाउँपालिकाद्वारा विदेशमा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
आषाढ़ ४ गते, २०७७ - १४ः५३ मा प्रकाशित
धादिङ ४ असार । धादिङको थाक्रे गाउँपालिकाले विदेशमा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । गाउँपालिकाले स्थापना गरेको सुरक्षित आप्रवासन राहत कोषबाट विदेशमा मृत्यु भएका तीन जनाको परिवारलाई जनही २० हजारको दरले रकम उपलब्ध गराएको हो । विभिन्न समयमा विदेशमा मृत्यु भएकाका परिवार थाक्रे गाँउपालिका वडा न २ का गोपाल तामाङ, वडा नम्बर ११ का हरि बहादुर कार्की र श्याम तामाङलाई जनही बिस हजार को दरले आर्थिक सहायता उपलब्ध गराएको हो।आर्थिक सहयोग वितरण कार्यक्रममा थाक्रे गाँउपालिका अध्यक्ष रामकुमार आचार्य , उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रसासकिय अधिकृत शेषकान्त पौडेलको उपस्थिती रहेको थियो ।