धादिङमा कोरोना संक्रमितको संख्या ९२,नीलकण्ठ नगरपालिकामा मात्र ५२ जना संक्रमित
आषाढ़ २ गते, २०७७ - १५ः२३ मा प्रकाशित
धादिङ २ असार । धादिङमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ ।भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुको स्वाब परिणक्ष गर्ने क्रम बढेसँगै धादिङमा कोरोना संक्रमित हुनेको संख्या बढेको हो ।आरडिटी पोजेटिभ आएको र संक्रमितको सम्पर्कमा रहेकाहरुको परिक्षण गर्दा संक्रमितको संख्या बढेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो ।नीलकण्ठ नगरपालिकामा मात्र ५१ जना संक्रमित भएका छन् ।
नीलकण्ठ नगरपालिकामा मात्र ४ सय भन्दा बढी भारतबाट आएका छन्।धादिङमा नीलकण्ठ नगरपालिकामा ५१ जना,ज्वालामुखी गाउँपालिकामा २७ जना,त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना,सिद्धलेक गाउँपालिकामा २ जना,नेत्रावती डबजोङ गाउँपालिकामा १ जना,गल्छि गाउँपालिकामा १ जना,थाक्रे गाउँपालिकामा १ जना,धुनिवेशी गाउँपालिकामा १ जना र गजुरी गाउँपालिकामा १ जना रहेका छन् । संक्रमित मध्ये ६ जना निको भईसकेका छन् ।