आश्विन १० गते, २०८३ - ००ः३३
Follow us:

धुवाँकोटका २ सय ५० जना नेकपा कार्यकर्ताले पार्टी छाडे

धादिङ २ असार

धादिङकोे नीलकण्ठ नगरपालिका, वडा नं. १४ धुवाँकोटका २ सय ५० जना भन्दा बढी नेकपाका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । धुवाँकोटको भँगेरीस्थान, गुठगाउँ निवासी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नीलकण्ठ नगरपालिका संगठन कमिटी सदस्य, पूर्वपार्टी वडा कमिटी अध्यक्ष तथा निर्वाचित वडा सदस्य(जनप्रतिनिधि) शिवकुमार श्रेष्ठ, नगरपालिका संगठन कमिटी सदस्य छाप, नेपालटोल निवासी कृष्णकुमारी घिमिरे र नेकपाका स्थानीय नेता तथा वडा संगठन कमिटी सदस्य भँगेरीस्थान, गुठगाउँ निवासी खड्गबहादुर तामाङ सहित २५० जनाभन्दा बढी कार्यकर्ताहरूसहित उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस,नगरपालिका वडा कार्यसमिति, वडा नं १४ ले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत विशेष कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पूर्व सभापति एवम् पूर्वसांसद रामनाथ अधिकारी र नेता एवम् नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको वन प्रवेशीहरुलाई टिका र पार्टी सदस्य प्रदान गरी प्रवेश गराउनु भएको थियो ।वडा सभापति सन्तोष बस्ताकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेताहरू शंकर परियार, हेमप्रसाद अधिकारी, जिल्ला सदस्य विकास श्रेष्ठ, क्षेत्रीय सदस्य टीकाराम बस्ताकोटी, नीलकण्ठ नगर सभापति शम्भुसिंह ठकुरी, वडा नं. ७ का वडा सभापति एवम् वडा अध्यक्ष गौतमहरि अधिकारी, वडा नं. १२ का वडा सचिव एवम् नेपाल किसान संघ धादिङका जिल्ला सदस्य रामप्रसाद रिजाल, नीलकण्ठ नगर कार्यपालिका सदस्य विष्णु नेपाली, वडा नं. ४ का वडा सदस्य भीमबहादुर ढकाल, नेपाल तरुण दल धादिङका कोषाध्यक्ष रोबर्ट धमला, तरुण नेता रमेश पौडेल, तरुण नेता एवम् नेपाल मगर संघ, नीलकण्ठ नगर अध्यक्ष दिनेश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया लेख्नुहोस्: