चैत्र १६ गते, २०८० - ०६ः५१
Follow us:

धादिङमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो

धादिङ,३२ जेष्ठ ।
धादिङमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । भारतबाट आएका नागरिकहरुको स्वाब परिक्षणको दायरा बढाएसँगै धादिङमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । धादिङ बागमती प्रदेशका जिल्ला मध्ये कोरोना संक्रमितको संख्या बढी भएको जिल्ला हो । शनिबार धादिङको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ दिनको बिचमा जिल्लामा ५९ जनामा कोरोना पुष्टि भएको थियो । यसअघि संक्रमितको संख्या २३ रहेको थियो । अहिले सम्म नीलकण्ठ नगरपालिकामा ४१ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेकमा २ जना, नेत्रावती डब्जोङमा १ जनामा संक्रमण पुष्टि भएको छ । धुनीबेसी नगरपालिकामा १ जना,गजुरी गाउँपालिकामा १ जना,गल्छिमा १ जना,थाँक्रेमा १ जना संक्रमित भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित मध्ये ३ जना निको भएका छन ।

प्रतिकृया लेख्नुहोस्: