भारतबाट नेत्रावती डबजोङमा आएका ६७ जना क्वारेन्टाईनमा
जेष्ठ २० गते, २०७७ - १३ः४९ मा प्रकाशित
धादिङ जेष्ठ २० । भारतबाट आएका ६७ जनालाई नेत्रावती डबजोङ गाउँपालिकाले क्वारेन्टाईनमा राखेको छ । यसै साता फर्किएका ६७ जनालाई गाउँपालिकाले निमार्ण गरेको क्वारेन्टाईनमा राखीएको गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यले बताउनुभयो । जसमा ४ जना महिला रहेका छन्।कन्यादेवी आधारभुत विद्यालयमा बनाईएको क्वारेन्टाइनमा ४ महिला र २७ पुरुष गरि ३१ जना राखिएको छ ।
चौतारा माध्यामिक विद्यालयमा बनाईएको क्वरेन्टाइनमा १२ जना, नीरन्जना माध्यामिक विद्यालयमा ९ जना, शान्ति आधारभुत विद्यालयमा ७ जना, शान्तकिाली आधारभुत विध्यालयमा ५ जना र नारायणी आधारभुत विद्यालयमा ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।