त्रिपुरासुन्दरी गाउँपालिकामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ
जेष्ठ २० गते, २०७७ - १३ः१३ मा प्रकाशित
धादिङ २० जेठ धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १३ जनाको आरडिटी परिक्षण पोजेटिभ आएको छ। क्वारेन्टाईनमा बसेकाहरुको आरडिटी परिक्षण गर्दा पोजेटिभ आएको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताउनुभयो । भारतबाट गाउँ फर्केका २५ जनाको आरडिटी गर्दा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा ८ जनाको परिक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने वडा नम्बर ४ को कार्की गाउँ माविमा १७ जनाको परिक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले कार्की गाउँ माध्याकि विद्यालयमा १७,सुन्दरी माध्यामिक विद्यालयमा १२ जना, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र माझ गाउँमा १० जजा, सिउरेनी क्वारेन्टाइनमा ६ जना र महेन्द्रोय मावि मुलपानीमा ५ जनालाई क्वारेन्टाईनमा राखेको छ ।