संयुक्त दलित संघर्ष समिति धादिङद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
जेष्ठ १९ गते, २०७७ - १५ः१६ मा प्रकाशित
धादिङ १९ जेठ संयुक्त दलित संघर्ष समिति धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । अन्र्तजातिय विबाहको विषयलाई लिएर ५ जनाको ज्यान जाने गरी भएको पश्चिम रुकुमको दलित हत्याकण्डको दोषीलाई कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति धादिङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी २१ बर्षिय नवराज बिश्वकर्मा आफ्नी प्रेमिका सुष्मा मल्लसँग प्रेम सम्बन्ध रहेको र त्यही प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न केटीको घर जाने क्रममा सामुहिक हत्या गरीएको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
घट्नाको सत्यतथ्य छानवीन गर्न दलित आन्दोलनको प्रतिनिधित्व हुने गरी अधिकार सम्पन्न सर्बदलिय संसदिय समिति गठन गर्नुपर्ने,सामुहिक हत्याकाण्डका दोषिलाई हदै सम्मको कारबाही गर्नुपर्ने,षडयन्त्र पुर्वक हत्या गरीएकाहरुलाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्ने,आक्रमणमा परी हराईरहेका गोविन्द शाहिको खोजी कार्य गरी घाईतेहरुको उपचार गर्नुपर्ने,मृत्युवरण गरेका परिवारलाई न्यायपुर्ण क्षतिपुर्तिको व्यावस्था गर्नुपर्ने,घट्ना पश्चात रुकुम पश्चिम र जाजरकोटका दलित बस्तीहरु,दलित अगुवाहरुहरुको सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माग सहित आठ बुँदे माग प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठ पठाईएको छ ।