21°C Kathmandu, Nepal जेष्ठ २४ गते, २०७७ - २२ः३७
Follow us:
Test

नीलकण्ठ नगरपालिकाको नमुना कामः व्यावसाय गर्ने युवाहरुको ऋणको व्याज नगरपालिकाले तिरिदिने


धादिङ २८ फागुन ।
नीलकण्ठ नगरपालिका र नेपाल बैँक लिमिटेड बीच व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता गरिएको छ। बुधबार धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरी नगरपालिका र नेपाल बैँक लिमिटेड बीच मेयर उद्यमशिलता कार्यक्रम अन्तरगत व्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी सम्झौता तथा घोषणा गरिएको हो।नीलकण्ठ नगरपलिकामा सन्चालन भएको मेयर उद्यमशीलता कार्यक्रम अन्तरगत युवा व्यावसायीहरुलाई व्यावसाय सन्चालन गर्नको लागि सहयोग पु¥याउने उदेश्यले सम्झौता गरीएको हो । मेयर उद्यमशीलता कार्यक्रम अन्तरगत दुई चरणमा तालिम लिएका युवाहरुले मात्र सहुलियत रुपमा ऋण प्राप्त गर्ने छन् ।

पहिलो र दोस्रो चरणको तालिममा व्यावसायको छनौट,बजार माग,व्यावसाय सन्चालन कसरी गर्ने भन्ने लगायतको विषयमा तालिम प्रदान गरीएको थियो । प्रत्येक वडाबाट २०÷२० जना युवाहरु यसअघीनै छनौट भईसकेका छन् । चालु आर्थिक बर्षमा २ सय ८० जना युवाहरुले व्यावसाय सन्चालन गर्नको लागि विना धितो २ लाख र धितो राखेर १० लाख सम्म ऋण पाउने छन् ।व्यावसाय सन्चालन गर्नको लागि बैंकबाट लिएको पैसा दुई बर्ष भित्र चुक्ता गरीसक्नुपर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालले बताउनुभयो ।बैंकबाट लिएको ऋणको व्याज समेत नीलकण्ठ नगरपालिकाले व्योहोर्न सहमती भएको छ । महिला युवा व्यावसायीहरुको हकमा ६ प्रतिशत र पुरुष व्यावासीहरुको हकमा ५ प्रतिशत सम्मको व्याज नीलकण्ठ नगरपालिकाले तिरिदिने सहमती प्रत्रमा हस्ताक्षर गरीएको छ ।

२ लाख रुपैँया सम्म ऋण लिनको लागी नीलकण्ठ गनरपालिको सिफारीसबाट नै हुने छ ।व्यावसाय सन्चालन गर्नको लागि लिएको ऋण २ बर्ष सम्म नतिर्ने व्यावसायीहरुलाई नीलकण्ठ नगरपालिकाबाट प्रवाह हुने सम्पुर्ण सेवा बन्द गरीने नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले बताउनु भएको छ । नेपाल बैंक लिमिटेडबाट लिएको ऋणको व्याज तिर्नु नपर्ने र २ बर्या भित्रमा किस्ता बन्दी रुपमा साँवा तिरिसक्नुपर्ने प्रावधान रहेको छ । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाले बैंकको ऋण समेत तिरेर ऋण दिने नीलकण्ठ नगरपालिका पहिलो नगरपालिको भएको बताउनुभयो ।

युवाहरुलाई स्वदेशमा स्वरोजगारी बनाउने उदेश्यले यस्तो प्रकारको कार्यक्रम ल्याईएको बताउनुभयो । कुरा भन्दा पनि काम गर्नुपर्ने भन्दै मेयर ढुङ्गानाले नगरभित्रै केहि गर्छु भन्ने युवाहरुको लागि सुनौलो अवसर आएको पनि बताउनु भएको छ ।२०÷३० हजार कमाउनको लागि खाडिको मुलुकमा ज्यानको बाजी थापेर काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले अब स्वदेशमै स्वरोजगारी बनाउनुपर्छ भनेर युवा लक्षित कार्यक्रम सन्चालन गरीएको स्पष्ट पार्नुभयो । नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना र नेपाल बैंक लिमिटेडका बागमती प्रदेश प्रमुख सुन्दर पन्थी विच सहमती पत्रमा हस्ताक्षर गरीएको हो ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express