चैत्र १५ गते, २०८० - १४ः३७
Follow us:

अपाङ्गता कार्ड र जनसङख्याको अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


धादिङ २८ फागुन ।

धादिङमा अपाङ्गता भएका व्यक्ति तथा जनसङख्याको अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले नगरपालिकाको कार्यालयमा आयोजना गरीएको कार्यक्रममा दश प्रकारको अपाङ्गताको वर्गीकरणको आधारमा अपाङ्गता भएका व्यक्ति तथा जनसङख्याको अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिभिन्न प्रकारका अपाङ्गता बारेमा जानकारी,स्थानिय स्तरमानै अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी अभिलेखीकरण गर्ने र अपाङ्गता परिचय पत्र उपलव्ध गराउन सहजीकरण गर्ने, हालसम्म नगरपालिकामा महिला तथा बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता शाखाबाट अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरी कार्ड वितरण गरिएको बारेमा जानकारी गराइएको थियो ।

नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख मनराज भण्डारी, प्रमुख प्रशाशकिय अधिकृत हरी प्रसाद अर्याल, वडा नं. ४ का वडाध्यक्ष शिवराज गिरी, प्रहरी निरिक्षक जयन्ती थापा, स्वास्थ्य संयोजक विष्णु रिजाल, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता शाखा प्रमुख राजेश्वरी शाही, स्वास्थ्यकर्मी शिवराना, जनप्रतिनिधि, स्वयमसेविकाहरु, अपाङ्गता अधिकारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: