चैत्र १२ गते, २०८१ - १७ः४२
Follow us:

आज फागु पू‍र्णिमा, कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै धादिङमामा फागु नखेल्न आग्रह

धादिङ २६ फागुन ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै धादिङमामा फागु नखेल्न आग्रह गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिले पनि ठुलो समुहमा भेला,सम्मेलन तथा भोजभतेर नगर्न आग्रह गरीसकेको छ । । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले फागु खेल्न नपाइने र समुहमा हुलहुज्जत नगर्नको लागि जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसअघि नै प्रशासनले अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइसकेको छ । प्रशासनले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि स्वीकृत दिन समेत रोकेको छ ।विभिन्न जिल्लामा पनि प्रशासनले भिडमा भेला हुने र फागु नखेल्न आग्रह गरेका छन् । भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने चिकित्सकको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्: