21°C Kathmandu, Nepal जेष्ठ २४ गते, २०७७ - २२ः२१
Follow us:
Test

काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकमा आकासे पुल

काठमाण्डौँ २६ फागुन ।

काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा–कलंकी सडकखण्डमा आकासे पुल बन्ने भएको छ । संघ सरकारअन्तर्गत सो सडकखण्ड भए पनि चन्द्रागिरी नगरपालिकाले आकासे पुल निर्माण गर्ने भएको हो । नगरपालिकाले चालू आर्थिक वर्षमा आकासे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ । सर्वसाधारणलाई बाटो काट्न सहजताका लागि आकासे पुल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आकासे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वाससमेत लिएको जनाएको छ । राजधानी दैनिकबाट

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express