21°C Kathmandu, Nepal जेष्ठ २४ गते, २०७७ - २१ः५४
Follow us:
Test

नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

काठमाण्डौँ २६ फागुन ।

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ ।उक्त निर्णय कोरोनाभाइरस (कोभिड–१९) लाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।

जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।‘यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि ।’कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express