नेत्रावती डबजोङमा आर्युवेद गाउँघर क्लिनिक सेवा सुरु
फाल्गुन २० गते, २०७६ - ०३ः०७ मा प्रकाशित
धादिङ १९ फागुन धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ टोड्केमा जिल्लामै पहिलो पटक आर्युवेद गाउँघर क्लिनिक सेवा सुरु गरीएको छ ।नेत्रावती डबजोङ गाउँपालिका र जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङको सयुक्त साझेदारीमा आर्युवेद गाउँघर क्लिनिक सेवा सुरु गरिएको हो । अन्य स्थानीय तहमा संघबाट आएको रकमबाट आर्युवेद क्किलिनक सन्चालन गरेपनि नेत्रावती डबजोङ गाउँपालिकाले भने आफैले आर्थिक सहयोग गरेर क्लिनिक सन्चालन गरेको हो । शनिवार एक कार्यक्रमका बीच गाउँघर क्लिनिकको उद्घाटन गरीएको स्वास्थ्य संयोजक कृष्ण बद्री पौडेलले बताउनुभयो ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर बहादुर अधिकारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आतिथ्य र जिल्ला आर्युवेद केन्द्र धादिङका प्रमुख डा.सुईरा जोशीको विशेष आतिथ्यमा सम्पनन भएको उद्घाटन समारोहमा गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बद्री पौडेल,डा.राजाराम ढुङ्गाना,कविराज गकुल पराजुली र प्रकाश सापकोटाको आतिथ्य रहेको थियो ।कार्यक्रममा ८६ जनाको निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण समेत गरीएको थियो ।आर्युवेद औषधीको प्रयोगले स्वास्थ्यमा नकारात्मक प्रभाव नपर्ने हुँदा पछिल्लो समय आयुर्वेद औषधी प्रति नागरिकहरुको विश्वास बढ्दै गएको पौडेलले बताउनुभयो । कटुञ्जे स्वास्थ्य चौकी प्रमुख मधु धमलाले सन्चालन गर्नुभएको कार्यक्रममा स्थानीय व्यक्ति,संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।