कङकाल्नी सामुदायिक सस्थाको तेश्रो बार्षिक साधारणा सभा सम्पन्न
फाल्गुन १६ गते, २०७६ - ०३ः२६ मा प्रकाशित
धादिङ १५ फागुन । गजुरी गाउपालिका वडा नम्बर ३ ग्याङराङमा रहेको कङकाल्नी सामुदायिक सस्थाको तेश्रो बार्षिक साधारणा सभा बिहिबार सम्पन्न भएको छ । सस्थाको अध्यक्ष सन्तमाया चेपाङ्को अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजकुमार पन्डितको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी गाउपालिका कार्यपालिका सदस्य शोभा चेपाङ,सद्भाव सहकारी सस्थाका अध्यक्ष भक्त बहादुर बस्नेत, सहकारी सस्थाको व्यवस्थापक बासु सुबेदी, शान्ती नेपालका फिल्ड अधिकृत विष्णुमाया चेपाङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कङकाल्नी सामुदायिक सस्थाको १४ लाख ७५ हजार, ४ सय २१ बराबरको आय व्यय विवरण प्रस्तुत गरीएको थियो । गरिबी बिवारण कार्यक्रम अन्तर्गत सामुदायिक सस्थाका अति विपन्न सदस्यहरुलाइ ४ लाख ८० हजार रुपैया घुम्तीकोष सहयोग गरिएको थियो । कङकाल्नी सामुदायिक सस्थाले सद्भाव सहकारी सस्थाको समन्वया जिविकोपार्जन कार्यक्रम, बचत संकलन, ऋण लगानी तथा असुली, शान्ती नेपालसंगको समन्वयमा पोषण तथा खाद्द्य सुरक्षा कार्यक्रम, सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान,गाउपालिकाको समन्वयमा वृद्दी अनुगन केन्द्र सन्चालन लगायतका कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । कार्यक्रममा समुदायी सस्थाको औचित्य, समुदायको विकासमा समुदायिक सस्थाको महत्व, सहकारी र सामुदायिक सस्थाको सम्बन्ध र दिगोपनाका विषयमा चालफल तथा अन्तरकृया गरिएको थियो ।