धादिङ १५ फागुन । धादिङका विभिन्न स्थानबाट बरामद गरीएको १ हजार ५ सय लिटर मदिरा धादिङ प्रहरीले नष्ट गरेको छ ।धादिङबेसी बजार स्थित होटल तथा भट्टी पसलहरुबाट प्रहरीले बुधबार बरामद गरेको ५१ ग्यालिन र २९ वटा बोत्तलका करिब १ हजार ५ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरीएको हो ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घरेलु मदिरा नियन्त्रण अभियान मार्फत जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका विभिन्न स्थानीय तहमा मदिरा नियन्त्रण गर्ने अभियान सन्चालन गरेको छ ।घरेलु मदिरा नियन्त्रण अभियान एक महिनासम्म सञ्चालन हुने छ । घरेलु मदिराको कारण समाजमा हिंसा,हत्या तथा विकृतीहरु बढेको भन्दै प्रहरीले यस्तो अभियान सन्चालन गरेको हो ।