आश्विन २४ गते, २०८१ - १४ः१३
Follow us:

ज्यामरुङ जनकल्याण समाज द्वारा नेत्रावतीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न


धादिङ १४ फागुन ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ३ मा रहेको गैरा स्वास्थ्य चौकीमा एक दिने निशुल्क हाडजोर्नी रोगेको स्वास्थ्य शिविर सम्पन्न भएको छ । ज्यामरुङ जनकल्याण समाज धादिङ र नेत्रावती डावजोङ गाउँ पालिकाको सहकार्य तथा नेपाल नेसनल हस्पिटल कलंकी र Dr.Karsten wichmann (जर्मनी) को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बिजय कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको शिविरमा गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आतिथ्य रहेको थियो । शिविरमा हाडजोर्नी डक्टरहरुको उपस्थितिमा हाडजोर्निको नया प्रनिधि मार्फत हाडजोर्नी बिरामीको स्वास्थ्य उपचार गरिएको थियो । एक दिने शिविरमा १ सय ६५ जना विरामीले सेवा लिएका युवा पर्यटन व्यावसायी तारालाल धरेलले बताउनुभयो। जनताको घरदैलोमा नयाँ प्रविधिको उपचारबाट सेवा लिन पाउदा स्थानीय खुसि भएका जनकल्याण समाजका अध्यक्ष कृष्णमान श्रेष्ठलेले बताउनुभयो । ज्यामरुङ जनकल्याण समाज धादिङले शिक्षा,स्वास्थ्य तथा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: