चैत्र ३ गते, २०८१ - २३ः४४
Follow us:

सिद्धलेकमा गरिब घरपरिवार पहिचान कार्यक्रम सुरु

धादिङ,११ फागुन ।

धादिङको सिद्धलेक गाउँपालिकामा गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धि तथ्याङ्क संकलन कार्य सुरु भएको छ ।आईतबार सिद्धलेक गाउँपालिकाको वडा नं. ५ का वडाध्यक्ष दिल बहादुर घलेको घरबाट गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धि तथ्यांक संकलन कार्य शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशाशकिय अधिकृत धनेश्वर पौडेल, बिभिन्न वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु,बिभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । आईतबारदेखी गाउँपालिकाको ७ वटै वडामा गणकहरु पुगेर घरधुरी संकलन गर्ने काम सुरु गरिने सिद्धलेक गाउँपालिकाका अध्यक्ष पे्रमनाथ सिलवालले बताउनु भएको छ ।गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार तथा आर्थिक अवस्थाबारे संकलन गरिएको व्यक्तिगत विवरण प्रशोधन गरेर विपन्न तथा गरिब घर परिवारलाई परिचयपत्र दिने तयारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिका मार्फत गरिब घरपरिवार पहिचान गरी उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने तयारी छ । सर्भेक्षणपछि प्राप्त हुने परिणामका आधारमा गरिब वर्गको हितमा हुने गरी आयआर्जन, सीपमूलक, शिक्षा, स्वास्थ्य, बीमा, खाद्य सुरक्षा भत्ता लगायत सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ । घरधुरी संकलनको लागि आएका गणकहरुलाई आवश्यक सहयोग गरी सहि तथ्याङक दिनको लागि गाउँपालिकाले आग्रह गरेको छ । सिद्धलेकमा सर्भेक्षण गर्नको लागि पाँच जना गणक र १ जना सुपरीवेक्षक खटिएका छन् ।

प्रतिकृया लेख्नुहोस्: