माघ ९ गते, २०८१ - १७ः४३
Follow us:

धादिङ ट्रक दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो(मृत्यु हुने र घाईतेको नामावली सहित)


धादिङ ७ माघ ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित मैदीभज्याङमा आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा निलकण्ठ नगरपालिका २ भुलभुलेका स्थानीयहरु बिदुर गुरुङ, ध्वज ब गुरुङ, सुनिल भनिने तिलक बहादुर गुरुङ, पूर्ण नारायण श्रेष्ठ, प्रेम ब गुरुङ, बेल बहादुर गुरुङ, र सेते गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

काठमाडौँ पुयाईएका घाइतेहरुमा ४२ बर्षीय पुर्ण बहादुर मल्ल, ३२ बर्षीय सुर्य बहादुर घले तामाङ, २४ बर्षीय दिनेश गुरुङ, ४२ बर्षीय कमल बहादुर मल्ल, ३७ बर्षीय नबिन राई, २० बर्षीय सुमन राना मगर, ४८ बर्षीय धन बहादुर मल्ल, ४६ बर्षीय निर बहादुर गुरुङ, ३० बर्षीय नारायण श्रेष्ठ र पदम बहादुर गुरुङ रहेका छन् । थप ४ जनाको भने नाम खुल्न बाँकी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: