चैत्र १६ गते, २०८० - ०३ः५०
Follow us:

धादिङ ट्रक दुर्घटनाः घाइते १५ जनालाई सेनाको हेलिकप्टरबाट साँझ काठमाडौं लगियो


धादिङ ७ माघ ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित मैदीभज्याङमा आईचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। दुर्घटनामा परी घाईते भएका मध्ये १५ जनाको सेनाको हेलिकप्टरबाट साँझ काठमाण्डौ लगिएको छ । घाईते मध्ये ८ जनाको सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्। नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुलेबाट ट्रक रिर्जभ गरेर दर्शन गर्न ढोला मण्डली गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्: