चैत्र १६ गते, २०८० - १६ः५२
Follow us:

७ वटा खानेपानी आयोजनाबाट नगरभित्रका ४ सय ४ घरधुरीका २ हजार नागरिक लाभान्वित


धादिङ १६ पुष ।
एक्सन नेपालले विभिन्न दातृ निकायको सहयोगमा निर्माण गरेको ७ वटा खानेपानी आयोजनाबाट नगरभित्रका २ हजार नागरिक लाभान्वित भएका छन् । एक्सन नेपालले निर्माण गरेको ७ वटा आयोजनाबाट ४ सय ४ घरधुरीमा एक घर एक धारो निर्माण गरीएको छ । पुर्णीमा परीयोजना अन्तरगत केएर नेपाल,सेभ द चिल्ड्रेन,डि.सि.ए.को साझेदारीबाट खानेपानी आयोजना निर्माण गरीएको हो । नीलकण्ठ नगरपालिकामा निर्माण भएको तीनदोभाने चिन्नेखर्क खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,सिस्नेरी खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,माकलखोला चिसोपानी खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,झगरे खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,गैरीखोलाछाप खल्चेत कापे्र खुर्सानीखर्क खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,भालुवन खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,बटुवा खानेपानी सरसफाई तथा स्वच्छता आयोजना,सात वटा खानेपानी आयोजनाबाट नीलकण्ठ नगरपालिकाका ४ सय ४ घरधुरीका २ हजार ७७ जना लाभाविन्त भएका छन् ।४ वटा ग्राविटी र ३ वटा लिफ्टीङ गरेर खानेपानी आयोजना सम्पन्न गरीएको हो । पुर्णीमा परियोजनाको १ करोड २२ लाख २८ हजार ५ सय ४५,समुदायको जनश्रमदानबाट ६४ लाख २७ हजार १ सय २५ र नीलकण्ठ नगरपालिकाकाको ५७ लाख ६६ हजार ३ सय ७१ गरी कुल २ करोड ४४ लाख २२ हजार ४१ रुपैँयाको लागतमा सात वटा आयोजना सम्पन्न भएको हो ।

प्रतिकृया लेख्नुहोस्: