5°C Kathmandu, Nepal माघ ८ गते, २०७६ - ०१ः५४
Follow us:
Test

ख्रीष्टमस दिवसः क्रिश्चियन धर्मालम्बीलाई बिदा

धादिङ ९ पुस ।

आज इसाई धर्मावलम्बी ख्रीष्टमस धादिङ सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस मनाउदैछन् । । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा यो पर्व मनाइँन्छ । यो पर्व हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरी नै मनाउने प्रचलन रहीआएको छ । आजकै दिन २०१९ वर्षअघि प्रशु येशुको इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जन्म भएको भन्ने विश्वास गरिन्छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् ।क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष नै मन्त्रिपरिषद्ले क्रिसमसमा सम्बन्धित धर्मालम्बीलाई मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यहीअनुरूप यस वर्ष सम्बन्धित धर्मालम्बीलाई मात्र बिदा दिइएको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने सार्वजनिक बिदाको माग गर्दै आइरहेका छन् ।ख्रिष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express