10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०५ः४२
Follow us:
Test

बुढीगण्डकी आयोजना बन्नेमा शंका छः गगन कुमार थापा


धादिङ १४ मंसिर ।
बुढीगण्डकी आयोजना निर्माण हुनेमा शंका रहेको नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद गगन कुमार थापाले बताउनु भएको छ । धादिङबेसी स्थित रायटारमा आजदेखी सुरु भएको धादिङ कृषि तथा व्यापार मेलाको उद्घाटन गर्दै उहाँले कामचोर र ठग कम्पनीलाई सरकारले निर्माणको जिम्मा दिएको भन्दै उहाँले कुनै पनि हालतमा उक्त कम्पनीले काम नगर्ने बताउनुभयो । जुन कम्पनीले नेपालमा ठगेको मात्र ईतिहास छ त्यस्तोलाई जिम्मा दिनुनै गम्भीर गल्ति भएको बताउनुभयो ।
लिपुलेकको विषयमा बोल्दै उहाँले आफ्नो भुमिको रक्षाको लागी नेपाली काँग्रेस प्रतिबद्ध भएको भन्दै वर्तमान सरकारलाई सहयोग गर्ने बताउनुभयो ।मुल आयोजक समितिका संयोजक तथा शिखरिणी कृषि तथा पर्यटन सहकारीको अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्व राज्य मन्त्री दिलमान पाख्रीन,नेपाली काँग्रेस धादिङका सभापती रमेश धमला,पुर्व सभापती रामनाथ अधिकारी,ज्वालामुखीगाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिना,समाजवादी पार्टी नेपालका नेता नन्द प्रसाद काप्री लगायतको विशेष आतिथ्य रहेको थियो ।आजबाट सुरु भएको मेला २३ गते सम्म सन्चालन हुने छ ।मेलामा रमाईलो मेला,बाल उद्यान, तयारी पोशाक तथा हस्तकला, छाला जुत्ता तथा छालाजन्य वस्तु, घरेलु तथा लघु उद्यमीद्वारा उत्पादित वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, ऊर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका उपकरण, पर्यटन सूचना केन्द्र लगायतको स्टल रहेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express