उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो । दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ ।
निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।बिस्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले बताए। कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको छैन।रातोपाटीबाट