10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०६ः२२
Follow us:
Test

करिनाको परिवारलाई एड्भान्स एकेडेमीबाट नगद १६ हजार सहयोग


धादिङ ८ मंसिर
बिचल्लीमा परेका १२ बर्षिय करिना थापा मगरको परिवारलाई धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले नगद १६ हजार ६ सय ५५ रुपैँया सहयोग गरेको छ । आर्थिक अभावको कारण खान र लगाउन समेत समस्या परेका तीन बालबालिकाहरुलाई आईतबार एड्भान्स एकेडेमी परिवारको तर्फबाट नगद सहयोग गरीएको एड्भान्स एकेडेमीका एसोसियट प्रिन्सीपल भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा पढ्ने विद्यार्थी,शिक्षक,अभिभावकको तर्फबाट संकलन गरीएको रकम हस्तान्तरण गरीएको हो । घरमा कमाउने बुबाको मृत्यु र आमा ३३ बर्षिय लक्ष्मी थापामगर प्यारालाईसीस भएर थलापरेपछि ३ बालबालिकाहरुको बिचल्ली भएको छ ।३३ बर्षिय लक्ष्मी थापा मगरेको उपचार गराउदा गराउदै पैसा सकिएपछि श्रीमान याम बहादुर थापा मगरले दुई हप्ता अघि पासो लगाएर आत्महत्या गरेका थिए । ढाड भाँचिएर बसेकी श्रीमतीको उपचारको लागि घरखेत नै बेच्दा पनि उपचार नभएको र कान्छि छोरीलाई निको नहुने गम्भिर प्रकारको रोग लागेपछि याम बहादुरले केहि समय देखी डिप्रेसनको औषधी खादै आएका थिए। बुबाको मृत्यु र आमा लक्ष्मी थापा मगर थला परेपछि १२ बर्षिय करिना थापामगर सहित ७ बर्षिय सोममायाँ थापा मगर र १० बर्षिय काजि थापा मगर भोकभोकै विद्यालय जान बाध्य भएका थिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express