साङकोषमा भएको जीप दुर्घटनामा १७ जना घाईते(नामावली सहित)
मंसिर ९ गते, २०७६ - ०३ः४३ मा प्रकाशित
धादिङ ८ मंसिर उत्तरी धादिङको झार्लाङबाट धादिङबेसी आउदै गरेको बोलेरो जीप सांङकोषमा र्दुघटना हुँदा १७ जना घाईते भएका छन् । झार्लाङबाट यात्रु लिएर धादिङबेसी आउदै गरेको ग १ ज ६७५३ नम्बरको जीप सडकबाट २५ मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाईते हुनेहरुमा खनियावास १ का ५० वर्षका फिच्चा तामाङ, रुवीभ्यालि ५ का २५ वर्षका शम्सेर तामाङ, सोही स्थानका ४८ वर्षका सिंह बहादुर घले, खनियावास १ का मनमोहन तामाङ, रुवीभ्याली ३ का ४० वर्षकी देउ कुमारी तामाङ, १० वर्षका सुमन तामाङ, रुवीभ्याली ५ का ३५ वर्षिय राम बहादुर तामाङ, सोही स्थानका ५ वर्षका सम्राट घले, खनियावास २ का २२ वर्षका प्रेम बहादुर तामाङ, रुवीभ्याली ५ का १८ वर्षिय सुमन्त तामाङ, २ वर्षिय स्वस्तीमा घले, २८ वर्षिय अमृता गुरुङ, ६० वर्षका मई लामा, २८ वर्षिय कुमारी तामाङ, गंगाजमुना ५ का २६ वर्षकी सम्झना वि.क., रुवीभ्याली ६ की ४० वर्षकी रुपमाया तामाङ, र रुवीभ्यालि ५ की ६० वर्षिय आश्ती घले रहेका छन् ।घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।