10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०५ः४४
Follow us:
Test

बिचल्लीमा परेका सांकोषका बालकालिको सहयोगको लागि कोरियामा आर्थिक संकलन


धादिङ ३० कार्तिक ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ सांकोषका लक्ष्मी थापा मगरको परिवारको सहयोगको लागि दक्षिण कोरियामा आर्थिक संकलन गरीएको छ । बुबा याम बहादुर थापा मगरले आत्महत्या गरेपछि १२ बर्षिय करिना थापा मगरको परिवार विचल्ली भएको छ ।घरमा कमाउने बुबाको मृत्यु र आमा ३३ बर्षिय लक्ष्मी थापामगर प्यारालाईसीस भएर थलापरेपछि ३ बालबालिकाहरुको बिचल्ली भएको छ ।

३३ बर्षिय लक्ष्मी थापा मगरेको उपचार गराउदा गराउदै पैसा सकिएपछि श्रीमान याम बहादुर एक साता अघि पासो लगाएर आत्महत्या गरेका थिए । ढाड भाँचिएर बसेकी श्रीमतीको उपचारको लागि घरखेत नै बेच्दा पनि उपचार नभएको र कान्छि छोरीलाई निको नहुने गम्भिर प्रकारको रोग लागेपछि याम बहादुरले केहि समय देखी डिप्रेसनको औषधी खादै आएका थिए। बुबाको मृत्यु र आमा लक्ष्मी थापा मगर थला परेपछि १२ बर्षिय करिना थापामगर सहित ७ बर्षिय सोममायाँ थापा मगर र १० बर्षिय काजि थापा मगर भोकभोकै विद्यालय जान बाध्य भएका थिए ।घरमा अन्य मानिस नभएपछि १२ बर्षिय करिना थापा मगरले एक बहिनी, भाई र थला परेकी आमाको स्याहार गर्दै आउनु भएको थियो ।

बाबुको मृत्यु पश्चात ३ बालबालिकाको विचल्ली भन्ने समाचार संन्चार माध्यममा आएपछि सहयोग गर्ने दाताहरु बढ्दै गईरहेका छन् । यसैबीच धादिङ समाज दक्षिण कोरिया समाजका वरिष्ठ उपाध्यक्ष एवम भुतपुर्व विद्यार्थी समाज सांकोषका कोषाध्यक्ष मनोज थापाको नेृतृत्वमा कोरियामा पैसा संकलन गरीएको छ ।शनिबार सम्ममा ३३ हजार नेपाली रुपैया संकलन भईसकेको थापाले बताउनुभयो । दक्षिण कोरियामा नेपालबाट काम गर्न गएका नेपालीहरुबाट रकम संकलन गरीएको हो । संकलित रकम केहि हप्ताभित्र सम्बन्धीत बालबालिका सम्म पु¥याईने दक्षिण कोरियामा आर्थिक संकलन अभियानमा जुट्नु भएका मनोज थापा र धुर्व थापाले जानकारी दिनुभयो ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express