भाद्र २ गते, २०८३ - १३ः५०
Follow us:

आठौं प्याब्सन प्रेसिडेण्ट कपको उपाधी एड्भान्स एकेडेमीलाई


धादिङ ३० कार्तिक ।
आठौं प्याब्सन प्रेसिडेन्ट कपको उपाधी धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ गजुरी गाउँपालिका स्थित गलौदी खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा १ सय २८ अंक ल्याउदै एड्भान्स एकेडेमी प्रथम हुन सफल भएको हो ।

२३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताम द राइजिङ भिलेज आवासीय माध्यमिक विद्यालय ९६ अंक सहित द्धितीय,चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले ९१ अंक ल्याउँदै तृतिय र ७४ अंकका साथ सल्यानटार बालविकास इङ्लिस बोर्डिङ स्कुल, सल्यानटार र ६३ अंक ल्याउँदै धुनीबेसी स्थित गुड स्टार्ट इङ्लिस स्कुल, धार्के सान्तोना भएका छन्।

प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुनेहरुलाई शिल्ड,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो ।

प्रतिकृया लेख्नुहोस्: