10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०६ः४६
Follow us:
Test

स्कुटर चोर्ने र किन्ने ४ जना पक्राउ


धादिङ २९ कार्तिक
धादिङ प्रहरीले स्कुटर चोर्ने र बेच्ने ४ जना अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने ३ जना र किन्ने कुमार रेग्मी सहित ४ वटा स्कुटर जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडाँै महानगरपालिका वडा नं. १२ का १५ बर्षीय रोहन महर्जन, जुम्ला आचार्यबाडा गाउँपालिका वडा नं. १५ घर भई हाल काठमाडाँै महानगरपालिका वडा नं. १२ टेकु बस्ने २१ बर्षीय रमेश शाही, काठमाडाँै महानगरपालिका वडा नं १४ खसीबजारका १५ बर्षीय सबिन शाक्य र धादिङका धुनिबेसी नगरपालिका वडा नं. ५ पुरन्डीका ४१ बर्षीय कुमार रेग्मी रहेका छन् ।उनीहरुले हाल बा. ५१ प.१६ नम्बरको होण्डा कम्पनीको कालो रङको स्कुटर, बा.८२ प.६१७१ नम्बरको होण्डा कम्पनीको रातो रङको स्कुटर, बा.६७ प.५८८१ नम्बरको होण्डा कम्पनीको कलेजी रङको स्कुटर, र बा.५५प.२१८४ नम्बरको होण्डा कम्पनीको कालो रङको स्कुटर चोरी गरेका थिए ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express