10°C Kathmandu, Nepal मंसिर २७ गते, २०७६ - ०५ः५७
Follow us:
Test

सत्र बर्षपछि पशुराम हत्याका दुई अभियुक्त पक्राउ


धादिङ २६ कार्तिक
पशुराम तामाङको हत्या गरी फरार भएका अभियुक्तहरुलाई प्रहरीले १७ बर्षपछि पक्राउ गरको छ । जिल्लाको खनियाबास गाउँपालिका वडा नं. ३ दार्खाका पर्शुराम तामाङको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि)ले आइतबार उनीहरुलाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा स्थानीय गोम लामा तामाङ र सुकलामा तामाङ रहेका छन् ।धादिङ प्रहरीको आग्रहमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उक्त घटनामा संलग्न भनिएका अन्य ४ जना अभियुक्त फरार रहेका छन् । अभियुक्तहरुले २०५९ साल कात्तिक २९ गते साँझ ५ः३० बजेको समयमा खुकुरीले प्रहार गरी पशुराम तामाङलाई घाइते बनाएका थिए । मृतक पर्शुरामकी १८ वर्षिय श्रीमती छन्दर तामाङको जाहेरीका आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गरेको हो ।

Loading...

प्रतिकृया लेख्नुहोस्:

Dunlok Dav City Express
City Express