सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै नयाँ नक्सा बनाउन निर्देशन
कार्तिक २६ गते, २०७६ - १३ः१४ मा प्रकाशित
काठमाण्डौं २६ कार्तिक
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारत
सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो
क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन
दिएको हो ।
समितिले सीमा अतिक्रमणको विषय अन्तर्रा्ष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । राजनीतिक तथा कूटनीतिक पहलबाट समस्या समाधान नभए सो विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने निर्देशन दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् । राधजानी दैनिकबाट