आश्विन २० गते, २०८१ - १२ः२६
Follow us:

ओली र दाहालबीच ‘वान टु वान’ छलफल

काठमाण्डौं २५ कार्तिक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।  

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । राजधानि दैनिकबाट
 

प्रतिकृया लेख्नुहोस्: