धादिङ २३ कार्तिक । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा तीन दिने निशुल्क आँखा शिविर शनिवारबाट सुरु भएको छ । आँखाका विरामीहरुलाई गाउँमै सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरीएको हो । फुलखर्क कल्याणकारी समाजको आयोजना,नेपाल रेडक्रस सोसाईटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको काठमाण्डौँको प्राविधिक सहयोगमा सुरु भएको शिबिरको पहिलो दिन शनिवार १ सय ७० जनाले आँखा जाँच गराएका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँका डाक्टर कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँका निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर कमल बहादुर खड्काले आँखाको परिक्षण गर्नुभएको छ । १ सय ७० जना मध्ये १५ जनामा मोतियाविन्दुको समस्या रहेको छ । उनीहरुको शनिवारनै अप्रेशन गरीएको छ । शिबिरमा अप्रेसन गरिएका विरामीलाई कालो चस्मा र खानाको लागी जाउलो निशुल्क वितरण गरिएको छ ।