शुक्रबार राती भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । झुण्डिएको अवस्थामा लम्जुङ दुधपोखरी गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय विष्णु बहादुर सुनारको शव फेला परेको हो ।
गएराति
८ः३० बजे उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका
प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । एसपी मल्लका अनुसार सुनारका
घाँटीमा गलबन्दी जस्तो सलको पासो छ ।
सुनारले
कात्तिक १७ गते भरतपुर अस्पतालमा तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई
उपचारको लागि ल्याएका थिए । श्रीमतीको अवस्था जटिल बन्दै गएपछि उपचारमा
संलग्न चिकित्सकहरुले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएका थिए ।
आईसीयूमा राखेर श्रीमतीको उपचार गराउन धेरै रकम लाग्ने भएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । यता अस्पताल प्रशासनका अनुसार सुनारको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो । प्रहरीले घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको जनाएको छ ।रातोपाटीबाट