चैत्र १५ गते, २०८० - २२ः०१
Follow us:

गंगा जमुनाको मेला कार्तिक २१ गते

काठमाण्डौं १७ कार्तिक

धादिङकै प्रख्यात धार्मिक स्थल गंगा जमुनाको मेला कात्र्तिक २१ गते लाग्ने भएको छ । जिल्लाको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा अवस्थित गंगा जमुना धार्मिक स्थलमा २१ गते भव्य मेला लाग्ने गाउँपालिकाले जनाएको छ ।

मेला भर्नका लागि धादिङ सहित देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका सहकर्मी दामोदर भट्टले जानकारी दिनुभयो ।गंगा जमुनाको पुजा गर्नाले आफूले चिताएको कुरा पुग्ने जन विश्वास रहीआएको छ । त्यस मन्दिरमा पूजा आजाकोे साथसाथै फूलका डोलीहरु चढाउने, वत्ती वाल्ने, परेवा उडाउने, घण्टाहरु चढाउने आदि गर्ने प्रचलन रहेको छ । मन्दिरको प्वालमा चढाएको दुःध करीब २ कि.मि. तल रहेको ढाडखर्क खोलामा निस्कने गर्छ भन्ने भनाई पनि पाइन्छ । यस मन्दिरको तल्लो भागमा अनौठा सुरुङ र गुफाहरु रहेका छन् ।मन्दिरवाट धेरै टाढा टाढाका रोमान्चक र मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।

प्राचिन कालमा मनु नाम गरेका एक ऋषिले सो स्थानमा तपस्या गरेका र शिवजी प्रशस्न भई त्यस स्थानमा प्रत्यक्ष प्रकट हुदाँ उहाँको जटावाट सो झरनाको उत्पत्ति भएको पण्डितजहरुको भनाई पाइन्छ ।हिमालय पुराणमा गंगा जमूनालाई विश्वधाराको नामले पुकारेको सो झरनाको पानी मनुखोला हुदै भारतको गंगा नदिमा मिसिन जन विश्वास रहेको छ ।यसले गर्दा गंगा जमूना ठूलो तिर्थस्थल भएको र यसको ऐतिहासिक महत्व रहेको पाइन्छ ।

प्रतिकृया लेख्नुहोस्: