बेलकोटगढी नगरपालिका वडा नम्वर १२ को देउराली लामाटोल खुर्पा प्रहारबाट एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा देउराली लामाटोलका नबराज मगरको ३ बर्षिय छोरा सुजन रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
रीसको झोकमा आफ्नै फुपले नवराजलाई खुर्पाले हानेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए । बालकको घटनास्थलमा नै मृत्यु भएको काफ्लेले बताए । खुकुरी प्रहार गर्ने फुपु पार्बती रानामगरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले विदुर खबरलाई बताए ।घटनाका थप अनुसन्धान भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।विदुरखबरबाट साभार गरीएको