भाद्र २ गते, २०८३ - १४ः१२
Follow us:

बाँसको पुल तर्न ५० रुपैया कर

काठमाण्डौं १५ कार्तिक

झापाको  झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । 

सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै आयोजना अन्तर्गतको पुल निर्माण शुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको राजवंशी बताउँछन् ।

 झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् । कारोबार दैनिक

प्रतिकृया लेख्नुहोस्: